गृहपृष्ठ ∕ समाचार ∕ थापाथलीमा सुकुम्वासी वस्ती हटाउन गएका महानगरका दुई दर्जन बढी प्रहरी घाइते थापाथलीमा सुकुम्वासी वस्ती हटाउन गएका महानगरका दुई दर्जन बढी प्रहरी घाइते हेल्थ आवाज सोमबार, २०७९ मंसीर १२ गते, १६:२९ मा प्रकाशित काठमाडौं—थापाथलीस्थित सुकुम्वासी वस्तीमा बनेका अवैधानिक संरचना हटाउन गएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी टोलीमाथि स्थानीयहरुले आक्रमण गरेपछि झण्डै दुई दर्जन नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरीका एसपी राजु पाण्डेसहितका दुई दर्जन बढी प्रहरी घाइते भएका छन् । घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो । झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमर्जेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । नर्भिक अस्पतालकाअनुसार काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन