२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथापाथलीमा सुकुम्वासी वस्ती हटाउन गएका महानगरका दुई दर्जन बढी प्रहरी घाइते

थापाथलीमा सुकुम्वासी वस्ती हटाउन गएका महानगरका दुई दर्जन बढी प्रहरी घाइते


काठमाडौं—थापाथलीस्थित सुकुम्वासी वस्तीमा बनेका अवैधानिक संरचना हटाउन गएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी टोलीमाथि स्थानीयहरुले आक्रमण गरेपछि झण्डै दुई दर्जन नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरीका एसपी राजु पाण्डेसहितका दुई दर्जन बढी प्रहरी घाइते भएका छन् ।

घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो ।

झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमर्जेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । नर्भिक अस्पतालकाअनुसार काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।

अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)