गृहपृष्ठ ∕ टिप्स ∕ जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, १५:१७ मा प्रकाशित जाडो मौसममा सबैले अनुहारको छालाको ख्याल राख्छन् । तर यसको साथसाथै हातको हेरचाह पनि धेरै महत्त्वपूर्ण छ । किनभने चिसो हावाले छालालाई सुख्खा र निर्जीव बनाउँछ । साथै, आजकल बारम्बार हात धुने कारणले छाला झनै सुख्खा र निर्जीव बन्दै गएको छ । यस्तो अवस्थामा हातको छालाको उचित हेरचाह गर्न आवश्यक छ । प्रस्तुत छन् जाडोमा हातको हेरचाह गर्न उपयुक्त ३ घरेलु उपाय १. आलुको प्रयोग आलु छाला कडा बनाउन प्रयोग गरिन्छ । चिसोका कारण हात सुख्खा हुने र छाला खुम्चिने समस्याले हैरान हुनुहुन्छ भने आलुको मास्क लगाउनुस् । सबैभन्दा पहिले दुई वटा आलु उमालेर राम्ररी पिस्नुहोस् । अलिकति दूध मिसाएर स्मूद पेस्ट बनाउनुहोस् र त्यसपछि हातमा लगाउनुहोस् र सुक्दासम्म छोड्नुहोस् । लगभग बिस मिनेट पछि आफ्नो हात धुनुहोस् । यो मास्कको प्रभाव छालामा दोस्रो पटक प्रयोग गर्दा देखिनेछ । २. गाजर मास्क जाडोमा गाजर खानु भयो भने राम्रो हुन्छ । तर यो गाजरको प्रयोगले तपाई आफ्नो हातको सौन्दर्य पनि बढाउन सक्नुहुन्छ । यसका लागि गाजरको पेस्ट बनाएर त्यसमा कागतीको रस मिसाएर हातमा लगाउने । हातको छालाको सुख्खापन हटाउन यो प्रभावकारी उपाय हो । ३. अण्डा मास्क अण्डाको पहेँलो भागमा कागतीको रस र जैतुनको तेल हाल्नुहोस् । अब यो पेस्ट मिलाएर हातमा लगाउनुहोस् र तीस मिनेटसम्म छोड्नुहोस् । जब यो मास्क राम्रोसँग सुक्छ, यसलाई मनतातो पानीले धुनुहोस् । यसका साथै जाडोमा अनुहार र हातमा मोइस्चराइजर लगाउनु आवश्यक हुन्छ । समय–समयमा हात धोएपछि हातमा मोइस्चराइजर लगाउनुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ कण्डमको सही प्रयोग कसरी गर्ने ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् गर्मीका लागि उपयुक्त यी खानेकुरा नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती कण्डमको सही प्रयोग कसरी गर्ने ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् गर्मीका लागि उपयुक्त यी खानेकुरा नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती