गृहपृष्ठ ∕ टिप्स ∕ जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय जाडोमा हात फुट्नबाट जोगाउने ३ घरेलु उपाय हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, १५:१७ मा प्रकाशित जाडो मौसममा सबैले अनुहारको छालाको ख्याल राख्छन् । तर यसको साथसाथै हातको हेरचाह पनि धेरै महत्त्वपूर्ण छ । किनभने चिसो हावाले छालालाई सुख्खा र निर्जीव बनाउँछ । साथै, आजकल बारम्बार हात धुने कारणले छाला झनै सुख्खा र निर्जीव बन्दै गएको छ । यस्तो अवस्थामा हातको छालाको उचित हेरचाह गर्न आवश्यक छ । प्रस्तुत छन् जाडोमा हातको हेरचाह गर्न उपयुक्त ३ घरेलु उपाय १. आलुको प्रयोग आलु छाला कडा बनाउन प्रयोग गरिन्छ । चिसोका कारण हात सुख्खा हुने र छाला खुम्चिने समस्याले हैरान हुनुहुन्छ भने आलुको मास्क लगाउनुस् । सबैभन्दा पहिले दुई वटा आलु उमालेर राम्ररी पिस्नुहोस् । अलिकति दूध मिसाएर स्मूद पेस्ट बनाउनुहोस् र त्यसपछि हातमा लगाउनुहोस् र सुक्दासम्म छोड्नुहोस् । लगभग बिस मिनेट पछि आफ्नो हात धुनुहोस् । यो मास्कको प्रभाव छालामा दोस्रो पटक प्रयोग गर्दा देखिनेछ । २. गाजर मास्क जाडोमा गाजर खानु भयो भने राम्रो हुन्छ । तर यो गाजरको प्रयोगले तपाई आफ्नो हातको सौन्दर्य पनि बढाउन सक्नुहुन्छ । यसका लागि गाजरको पेस्ट बनाएर त्यसमा कागतीको रस मिसाएर हातमा लगाउने । हातको छालाको सुख्खापन हटाउन यो प्रभावकारी उपाय हो । ३. अण्डा मास्क अण्डाको पहेँलो भागमा कागतीको रस र जैतुनको तेल हाल्नुहोस् । अब यो पेस्ट मिलाएर हातमा लगाउनुहोस् र तीस मिनेटसम्म छोड्नुहोस् । जब यो मास्क राम्रोसँग सुक्छ, यसलाई मनतातो पानीले धुनुहोस् । यसका साथै जाडोमा अनुहार र हातमा मोइस्चराइजर लगाउनु आवश्यक हुन्छ । समय–समयमा हात धोएपछि हातमा मोइस्चराइजर लगाउनुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु