२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यपुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ?

पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ?


ड्राई फ्रुट खाँदा पुरुषको प्रजनन क्षमता बढ्छ । यो पोषण र ऊर्जामा उच्च छ । वास्तवमा, एक अध्ययनले भनेको छ कि जो पुरुषहरू दैनिक ६० ग्राम ड्राई फ्रुट्स, विशेष गरी ओखर र बदामको सेवन गर्छन्, तिनीहरूको शुक्राणुको गुणस्तरमा सुधार हुन्छ ।

स्पेनको रोभिरा भर्जिली युनिभर्सिटीमा गरिएको यस अनुसन्धानसँग सम्बद्ध विज्ञहरूले १४ हप्तासम्म दैनिक दुई मुठ्ठी ओखर, बदाम र नट्स खाने पुरुषको शुक्रकीटको गुणस्तरमा वृद्धि भएको बताएका छन् । एक अनुसन्धानकर्ता अल्बर्ट सालास ह्युटसले प्रदूषण, धूम्रपान पनि सेबटमा हुने क्षतिसँग जोडिएको देखिन्छ, जसले गर्दा पुरुषको शुक्रकीटमा कमी आउने बताए ।

यस अध्ययनका लागि ११९ स्वस्थ पुरुषको तथ्यांक अध्ययन गरिएको थियो । संलग्न पुरुषहरूको उमेर १८ देखि ३५ वर्षको बीचमा थियो । राम्रो र सन्तुलित आहार लिएर यो समस्या समाधान गर्न सकिने विज्ञहरू बताउँछन् । प्रत्येक सात दम्पतीमध्ये एक जोडीले सन्तान जन्माउन कठिनाइको सामना गरिरहेका छन् । उनीहरूलाई अध्ययनका लागि दुई समूहमा विभाजन गरिएको थियो ।

एक समूहलाई दैनिक ६० ग्राम ड्राई फ्रुट्स खान दिइएको थियो भने अर्को समूहको डाइट पहिले जस्तै राखिएको थियो । अध्ययनका क्रममा अन्वेषकहरूले नट सप्लिमेन्ट खाने पुरुषको शुक्रकीटको सङ्ख्या १४ प्रतिशतले बढेको पत्ता लगाए ।

योसँगै उनीहरूको स्वास्थ्यमा पनि पहिलेको तुलनामा ४ प्रतिशतले सुधार आयो । स्वस्थ र प्रोटिनयुक्त खानेकुरा खाँदा प्रजनन क्षमतामा सुधार हुने निष्कर्ष अध्ययनले निकालेको छ ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ