२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ नर्सिङ संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ दिवस, दुई जना सम्मानित

नर्सिङ संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ दिवस, दुई जना सम्मानित


विराटनगर—नेपाल नर्सिङ संघले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएको छ । शनिबार विराटनगर ४ नोबेल पछाडि आफ्नै नवनिर्मत भवनमा एक कार्यक्रम आयोजना गरी नर्सिङ दिवस मनाएको हो ।

संघको भवनमा निर्माणमा उल्लेखनीय योगदान पु¥याउने दुई जनालाई संघले सम्मान गरेको छ । जग्गा दाता होमादेवी न्यौपाने र नेपाल नर्सिङ संघको निर्वतमान केन्द्रीय सदस्य अन्जुला कार्कीलाई सम्मान गरिएको छ । उनीहरुलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको संघका सचिव मेनुका भण्डारीले जानकारी दिइन् ।

सोही अवसरमा नर्सिङ संघ आफ्नै भवनको सरेको छ । नवनिर्मित भवनको उद्घाटन कार्यक्रम प्रमुख अतिथि जग्गादाता होमादेवी न्यौपानेले गरिन् । सभाहलसहितको एक तलाको पक्की भवन संघको निर्माण पुरा भई संचालनमा आएकोको संघकी अध्यक्ष कविता अधिकारीले बताइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ