गृहपृष्ठ ∕ समाचार ∕ राज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो राज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो हेल्थ आवाज शुक्रबार, २०८० असोज १२ गते, १४:२७ मा प्रकाशित काठमाडौं- राज्यले एचआइभी सङ्क्रमितलाई बेवास्ता गरेको सरोकारवालाले बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले राज्यबाट पाउने आधारभूत सेवा र अवसरबाट वञ्चित भएको बताएका हुन् । कार्यक्रममा बोल्दै एचआइभी सङ्क्रमितहरूको राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले एचआइभी सङ्क्रमित र त्यसको जोखिम समुदाय संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाबाट वञ्चित हुन बाध्य गराएको बताए । एचआइभी सङ्क्रमित भएकै कारण विद्यालय र सेवा लिन पुगेको स्वास्थ्य संस्थाबाट निष्कासन हुनुपरेका अवस्था बताउँदै सङ्क्रमितहरू शिक्षाबाट वञ्चित भएको उनको भनाई छ । जन्मजात एचआइभी सङ्क्रमित बालबालिकाहरूको जनदर्ता गराउनसमेत बाधा पुगेको उनी बताउँछन् । ‘देशभर १८ वर्ष भन्दा मुनिका १०७६ बालबालिका एचआइभी सङ्क्रमित छन् । उनीहरू जन्मँदै एचआइभी सङ्क्रमित हुन् । सङ्क्रमित मध्ये ५३ जना बच्चाहरूको जन्म दर्ता हुन सकेको छैन ।’ उनले भने– ‘राज्यले हरेक जाती भाषा, समुदायलाई कानुनी अधिकार दिएको छ तर, एचआइभी सङ्क्रमितमा भएको विभेद, भेदभाव र अधिकारको कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।’ कार्यक्रममा सहभागी मिलन खड्काले एचआइभी सङ्क्रमित खुलेर विद्यालय जाँदा निष्कासन हुनुपर्ने बाध्यता रहेको बताए । नेपालमा सम्मानकासाथ बाँच्न पाउने वातावरण नभएको र सरकारले विदेश जान रोक लगाएकोप्रति उनले दुखेसो पोखे । । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन सम्झौता अन्तिम चरणमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ६ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ?