२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भूकम्पले कर्णालीकै पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति

भूकम्पले कर्णालीकै पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति


वीरेन्द्रनगर–भूकम्पले कर्णालीको सबैभन्दा पुरानो प्राविधिक शिक्षालयको छात्रावास भवनमा क्षति पुगेको छ । जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गतेको भूकम्पले जुम्लामा रहेको प्राविधिक शिक्षालयको छात्रावासको भवन चर्किएको हो ।

भूकम्पले प्राविधिक शिक्षालयको चार कोठे छात्रावास भवन भत्काएको कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले बताए । ‘भवनमा १६ जना विद्यार्थी बस्थे ।

अहिले दसैं तिहार बिदामा विद्यार्थीहरू घर गएकोले मानवीय क्षति भएको छैन,’ उनले भने, ‘बिदा मनाएर फर्किसकेका विद्यार्थीहरू राख्न निकै कठिन भइरहेको छ ।’

२०३८ सालमा बनेको छात्रावास भवन जेनतेन चलिरहेको प्रमुख थापाले बताए । ‘भवनमा जिल्ला बाहिरका विद्यार्थीहरू बसिरहेका थिए,’उनले भने, ‘तत्काल भवन मर्मतको काम अघि बढाउन आर्थिक अभाव छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ