२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु

कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु


वीरेन्द्रनगर– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत एक घाइतेको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरोज विष्टको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।

कार्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु मध्यरातमा गएको शक्तिशाली भूकम्पमा परी विष्ट गम्भीर घाइते भएका थिए । भएका कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा विष्टको शुक्रवार बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए ।

विष्ट २०७७ भदौ ९ गतेदेखि नगर प्रहरी जवानमा कार्यरत रहेको उनी वडा नम्बर ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएको बेला घाइते भएको नगरपालिकाले जनाएको छ ।

मोटरसाइकलमा जाँदै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । विष्टको मृत्युसँगै जाजरकोट केन्द्रबिन्दु भएर मृत्यु हुने सङ्ख्या १५४ पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ