गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक २४ गते, १२:१३ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत एक घाइतेको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरोज विष्टको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो । कार्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु मध्यरातमा गएको शक्तिशाली भूकम्पमा परी विष्ट गम्भीर घाइते भएका थिए । भएका कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा विष्टको शुक्रवार बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए । विष्ट २०७७ भदौ ९ गतेदेखि नगर प्रहरी जवानमा कार्यरत रहेको उनी वडा नम्बर ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएको बेला घाइते भएको नगरपालिकाले जनाएको छ । मोटरसाइकलमा जाँदै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । विष्टको मृत्युसँगै जाजरकोट केन्द्रबिन्दु भएर मृत्यु हुने सङ्ख्या १५४ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसोका कारण भूकम्प पीडितले अकालमै ज्यान गुमाउँदै सल्यानको छत्रेश्वरी गाउँपालिकामा स्यानेटरी प्याड बनाउने तालिम जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु हुम्ला जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएपछि बिरामी मर्कामा भूकम्प प्रभावित पत्रकारका लागि मनोविमर्श तथा क्षमता अभिवृद्धि अभियान सुरु भूकम्पबाट गर्भवती र सुत्केरी महिला प्रभावित धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ५ कान्तिपुर डेन्टल कलेजले महिनाभर निःशुल्क मधुमेह परीक्षण गर्ने ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर यी दुई आसनले घटाउँछ मोटोपना बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ? केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर यी दुई आसनले घटाउँछ मोटोपना बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा