२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल

हार्वर्डको डिग्री लिन अमेरिका उडे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावल


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावल अमेरिका उडेका छन् । बुधबार डा. रावल प्रसिद्ध हार्वर्ड विश्वविधालयको हार्वर्ड मेडिकल कलेजको मेडिकल लिडरसीप इन मेडिसिन साउथ इष्ट एसिया डिग्रीद्वारा दीक्षित हुन अमेरिका प्रस्थान गरेका हुन् ।

हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रावल लामो समयदेखि कर्णालीमा स्वास्थ्य सेवामा सक्रिय छन् ।

हार्वर्ड मेडिकल कलेजमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रममा उपकुलपति रावलले प्रस्तुती दिने कार्य तालिका छ ।

यस्तै, तीन हप्ता लामो अमेरिका भ्रमणका दौरान विभिन्न अस्पताल र विश्वविद्यालयको भ्रमण तथा सहकार्यका लागि पहल गर्ने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ