२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन

साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन


पोखरा—पोखराका साहित्यकार प्रकट पंगेनी शिवको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार दिउँसो उनको मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदाहुँदै निधन भएको हो ।

शिक्षण अस्पतालका डा. सिपी आचार्यलगायत टिमले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । डा. आचार्यका अनुसार १० दिनदेखि सामान्य औषधि खाइरहेकोमा सोमबार साँझ समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको थियो ।

पंगेनीको पित्तथैली, फोक्सोलगायत अंगमा समस्या देखिएको थियो । शरीरभर संक्रमण फैलिएको र अथक प्रयास गर्दा पनि प्रयास सफल हुन नसकेको डा. आचार्यले बताए । अस्पताल ल्याउँदा नै क्रिटिकल रहेको डा. आचार्यले स्पष्ट पारे ।

स्व. पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन् । बुधबार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनायो । पंगेनीको उपचारका लागि यसअघि रकम संकलन गर्न सुरु गरिएको थियो ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ