गृहपृष्ठ ∕ समाचार ∕ डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे हेल्थ आवाज बिहिवार, २०८१ जेठ ३ गते, १७:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. गोविन्द केसीले ६ दिन लामो अनशन अन्त्य गरेका छन् । बिहीबार उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सशस्त्र द्वन्द्वमा माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन श्रेष्ठकी बहिनी सावित्री श्रेष्ठको हातबाट जुस पिएर अनशन तोडेका हुन् । उनले अनैतिक शासकहरुका लागि नैतिक याचनाले काम नगरेको भन्दैं आफ्नो २२ औं अनशन जानकारी दिए । डा. केसीले ६ दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासहितका ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा २२ औं अनशन थालेका थिए । अनशनपछि स्वास्थ्य अवस्था जटिल बनेपछि बुधबार उनलाई त्रिवि शिक्षण अस्पताल महारागन्ज भर्ना गरिएको थियो । डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि बिहीबार त्रिवि अस्पतालले ४ सदस्सीय मेडिकल टिम गठन गरेर उनको उपचार सुरु गरेको अस्पतालमा निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । स्वास्थ्य अवस्था नाजुक बन्दैं गएपछि उनले चिकित्सकहरुको आग्रहमा अनशन अन्त्य गरेको बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ