२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ आईएमई लाइफ इन्स्योरेन्सका ग्राहकलाई ब्लुवर्ड क्लिनिकमा विशेष छुट

आईएमई लाइफ इन्स्योरेन्सका ग्राहकलाई ब्लुवर्ड क्लिनिकमा विशेष छुट


काठमाडौं—आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले ब्लुवर्ड क्लिनिकमा विशेष छुट पाउने भएका छन् । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने छन् ।

दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसीभ डिस्काउन्ट पाउनेछन् ।

सम्झैता आदान–प्रदानपछि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ