२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट

तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट


काठमाडौं—सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले विशेष छुटसहित तीजको अफर ल्याएको छ । हार्दिकका सिओओ रविशंकर पोखरेलकाअनुसार तीजको अवसर पारेर भदौं महिनाभर सेन्टरका सेवाहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।

उनकाअनुसार डाक्टर कन्सल्टेसन र टिभिएफ (भिडियो एक्सरे) सेवा निःशुल्क उपलब्ध हुनेछ । यसैगरी, आई.यु.आई. सेवामा ५० प्रतिशत र आईभीएफ सेवामा १० प्रतिशत छुट सेन्टरले दिनेछ ।

त्यसबाहेक औषधि तथा प्रयोगशाला परीक्षणमा पनि हार्दिकले १० प्रतिशत छुट बिरामीहरुलाई उपलब्ध गराउने पोखरेलले जानकारी दिए ।

हार्दिकले सुलभ शुल्क अन्तर्राष्ट्रियस्तरको आईभीएफ सेवा उपलब्ध गराउँदैं आएको जनाएको छ । हार्दिकमा १३ वर्षदेखि स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा कार्यरत प्रजनन रोग विशेषज्ञ डा. अर्चना शाक्यले सेवा दिदैं आएकी छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ