२०८२ वैशाख १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण

भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण


नेपालगंज—नेपालगंजस्थित भेरी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा भेरी अस्पतालमा दुई जनाको मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ ।

प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजनाअनुसार भेरीमा मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । प्रत्यारोपणमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, शल्यचिकित्सकद्वय डा. दिपेश श्रेष्ठ, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. शिवसुन्दर राजचल, नेफ्रोलोजिष्ट डा. विक्रम वीर बज्राचार्यलगायतको टोली संलग्न थियो ।

भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ डा. दिपेश गुप्ता, एनेस्थेसिया डा. पारस पाण्डे, नेफ्रोलोजीतर्फ डा. सौरभ हमाल, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोलीले मिर्गौला प्रत्यारोपण सघाएका थिए ।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण अस्पतालको उपलब्धि हुनाका साथै त्यससम्बन्धी बिरामीका लागि उपचारको आशा जगाउने काम भएको बताए ।

भेरी अस्पतालमा महिनाको एक जनाको मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना रहेको र त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता बृद्धि गरी आत्मनिर्भर वनाउनको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको कुरा भेरी अस्पतालका प्रमुख डा. निराजन सुवेदीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ