गृहपृष्ठ ∕ समाचार ∕ आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग आधारभूत अस्पतालमा दन्त चिकित्सककाे दरवन्दी राख्न माग हेल्थ आवाज शनिबार, २०८२ वैशाख २० गते, १०:५४ मा प्रकाशित काठमाडाै -नेपाल दन्त चिकित्सक संघले आधारभूत अस्पतालकाे संगठानिक संरचनामा दन्त चिकित्सककाे दरवनधी अनिवार्य गराउन माग गरेका छन् । संघले विज्ञप्ती जारी गर्दै आगामी शुक्रवार सम्म स्वास्थ्य मन्त्रालयले गत हप्ता जारि गरेकाे संगठन संरचना परिवर्तन गरि दन्त चिकित्सक अनिवार्य राख्न माग राखेका छन् । शुक्रवार सम्म मापदण्ड नसच्याए देशव्यापी आन्दाेलन गर्ने संघले शुक्रवार जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती मिति २०८२ वैशाख ८ गते माननीय मन्त्रीस्तरको निर्णय बाट स्वीकृत “आधारभूत अस्पताल सञ्चालन भापदण्ड २०८१” मा नेपाल डेन्टल एसोसिएसनको गम्भीर ध्यानाकर्षण रहेको छ । स्वास्थ्य मन्त्रालयको नेपाली जनताले पाउनुपर्ने आधारभूत स्वास्थ्य उपचारका लागि ५,१० र १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नराखु संपूर्ण नेपाली जनताहरूलाई अन्यायपूर्ण कदम रहेको छ। १ वर्ष अगाडि ५/१०/१५ शैया को आधारभूत अस्पताल को प्रस्तावित दरबन्दी तेरिजमा दन्त चिकित्सक नराखिएको हुँदा हामीले बारम्बार ध्यानाकर्षण गराउने कार्य गरेका थियौं । ध्यानाकर्षण गराउँदा मन्त्रालयको तत्कालीन स्वास्थ्य सचिवज्यू ले १५ शैयामा दन्तचिकित्सकको दरबन्दी रहेको आनकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको प्रवक्ता ज्यूले समेत रिपोर्टर्स क्लबको कार्यक्रममा १५ शैयाको अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको लागि नेपाल सरकार सकारात्मक समेत रहेको भनी जानकारी दिनुभयो। यसरी नेपाल सरकारले हामी दन्तचिकित्सक लाई झूटा आश्वासन दिई हाम्रो अपमान गरेको भान भएको छ । दन्त चिकित्सकको मात्र नभई नेपाली नागरिक लाई समेत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत दन्त स्वास्थ्य सेवा प्राप्त गर्न भेदभाव गरेको छ। दन्त चिकित्सक नेपालमा ६००० उत्पादन भएको, तर स्थाई दरबन्दी १०० जना पनि नरहेको अवस्थामा मा १५ शैया अस्पतालमा समेत दन्त चिकित्सकको दरबन्दी नराख्दा नेपाली नागरिकलाई सरकार ले नै भेदभाव गरेको आभास भएको छ । तसर्थ, यो निर्णयलाई नेपाल सरकारले २०८२ वैशाख २६ गते शुक्रबार सम्म सच्याइयोस्, अन्यथा नेपाल डेन्टल एसोसिएसनले हामो अपमानको जवाफ स्वरूप देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुनेछौं । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको… डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३… विभिन्न अस्पतालसहित एक हजार अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषदको निर्णय धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते Kalpana Craft ट्रेण्डिङ नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् भरतपुर अस्पतालमा क्याथल्याव सुरु स्मरण शक्ति बढाउने १० उपाय फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै बाँझोपन र वशांणुगत गुणको सम्बन्धः कस्ता व्यक्तिले गराउने डिएनए परीक्षण ? युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् भरतपुर अस्पतालमा क्याथल्याव सुरु स्मरण शक्ति बढाउने १० उपाय फरक क्षमता भएका बालवालिका र मुख स्वास्थ्य