२०८२ भदौ २, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार, महासचिवमा डा. शंकर

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार, महासचिवमा डा. शंकर


काठमाडौं—नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको एशोसिएसनको महाधिवेशनबाट डा. सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

तीन जना अध्यक्ष पदका प्रतिस्पर्धीमध्ये डा. सुवेदीले ३०३ मत ल्याएर विजयी भए । यसैगरी, डा. केदारराज पाण्डे २१६ मत र डा. उमेश दाहाल १७० मत ल्याएर पराजित भए ।

महासचिवमा डा. शंकर न्यौपाने विजयी भए । उनले ३४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. चिरन्जीवी पन्तले ३२९ मत ल्याए ।

कोषाध्यक्ष पदमा डा. विकास श्रेष्ठ विजयी भए । उनले ३६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा. सौरभ श्रेष्ठले २९१ मत ल्याए ।

सदस्यहरुमा डा. गणेश रानाभाट ३७१, डा. सुशीलकुमार राय ३५४, डा. नवीन पन्थी ३३९, डा. साधना घिमिरे ३३९, डा. शरद नरसिंह अमात्य ३०७, डा. दिनेश अर्याल २८९ मतका साथ विजयी भए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ