२०८३ असोज ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार, महासचिवमा डा. शंकर

नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार, महासचिवमा डा. शंकर


काठमाडौं—नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको एशोसिएसनको महाधिवेशनबाट डा. सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

तीन जना अध्यक्ष पदका प्रतिस्पर्धीमध्ये डा. सुवेदीले ३०३ मत ल्याएर विजयी भए । यसैगरी, डा. केदारराज पाण्डे २१६ मत र डा. उमेश दाहाल १७० मत ल्याएर पराजित भए ।

महासचिवमा डा. शंकर न्यौपाने विजयी भए । उनले ३४१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. चिरन्जीवी पन्तले ३२९ मत ल्याए ।

कोषाध्यक्ष पदमा डा. विकास श्रेष्ठ विजयी भए । उनले ३६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा. सौरभ श्रेष्ठले २९१ मत ल्याए ।

सदस्यहरुमा डा. गणेश रानाभाट ३७१, डा. सुशीलकुमार राय ३५४, डा. नवीन पन्थी ३३९, डा. साधना घिमिरे ३३९, डा. शरद नरसिंह अमात्य ३०७, डा. दिनेश अर्याल २८९ मतका साथ विजयी भए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ