२०८३ असोज ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक

रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक


काठमाडौं—नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) संशोधन गरेर रेडियोग्राफी क्षेत्रका मागहरु संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सकारात्मक देखिएको छ । बिहीबार मन्त्रालय स्वास्थ्य सचिव डा. विकास देवकोटालगायतका अधिकारीसँग भएको छलफलमा ओएनएम संशोधन गर्न सकारात्मक धारणा प्राप्त भएको सरकारी रेडियोग्राफी संघ नेपालका अध्यक्ष दामोदार रोक्का जानकारी दिए ।

रकारी रेडियोग्राफी संघ नेपाल र नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा गरिएको शान्तिपूर्ण आन्दोलनपछि रेडियोग्राफी क्षेत्रका मुख्य मागहरू ओएनएम संशोधनमार्फत समावेश गरिने निश्चित भएको उनले बताए ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न औपचारिक संवादमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटालगायत मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। रेडियोग्राफी क्षेत्रको तर्फबाट सरकारी रेडियोग्राफी संघ, नेपाल र नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्षहरू तथा महासचिवहरूले सहभागिता जनाएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ