२०८२ असार ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

प्रधानमन्त्रीबाट त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गरेका छन् ।

सोमबार भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिनुपर्ने बताए । उनले बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताए ।

प्रधानमन्त्रीले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको प्रशंशा गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ