२०८२ साउन २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’

राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’

युवामन्त्रीको सुशासनः पार्टी निकटलाई ट्रमामा ल्याउन बच्चा हुर्काइरहेकी महिला सर्जनको भरतपुर सरुवा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय ट्रमा सेन्टरमा अब्बल कार्यक्षमता प्रदर्शन गरिरहेकी अर्थोपेडिक्स सर्जन डा. शिलु श्रेष्ठलाई भरतपुर अस्पतालमा सरुवा गरेका छन् । आफ्नो पार्टी कांग्रेसनिकट चिकित्सक डा. श्रवण थापाको दरबन्दी मिलाउनका लागि मन्त्री पौडेलले कार्यक्षमतामा अब्बल महिला सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर ‘बहादुरी’ प्रदर्शन गरेका हुन् ।

भरतपुर अस्पतालमा दरबन्दी रहेका डा. थापालाई तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरमा काजमा ल्याएर खरिदको हाकिम बनाएका थिए । अहिले मन्त्री पौडेलले कांग्रेसनिकट भएकै आधारमा डा. थापाको ट्रमामा दरबन्दी मिलाउन डा. शिलुलाई भरतपुर पठाएका हुन् । ट्रमाका अब्बल सर्जनहरुमध्येमा गनिएकी डा. श्रेष्ठ मन्त्रीको राजनीतिक स्वार्थको कोपभाजनमा परेकी मात्रै छैनन्, यो निर्णयले ट्रमा सेन्टरमा आम नागरिकले पाइरहेको उच्चस्तरको सेवामा समेत प्रभाव पर्ने निश्चित छ ।

‘सरुवामा अरु केही कुरा छैन्, शिलु कार्यक्षमतामा अब्बल सर्जन हुन् । उनी ट्रमा सेन्टरका लागि एकदमै फिट सर्जन हुन्,’ ट्रमा सेन्टर निकट स्रोतले भन्यो, ‘तर, मन्त्रीले राजनीतिक आबद्धताकै कारण डा. थापाको दरबन्दी मिलानका लागि डा. शिलुलाई भरतपुर लखेट्ने अन्यायपूर्ण निर्णय गरेका हुन् ।’

डा. शिलु पाँच वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत ११ औं तहकी सर्जन हुन् । उनी नेपालकै पहिलो महिला अर्थोपेडिक्स सर्जनका साथै यो समूहमा ११ औं तहमा पुग्ने एक्ली डाक्टर हुन् । ‘मैले मेरो सरुवा भयो भन्ने सुनेपछि मन्त्रीज्यूलाई मन्त्रालयमै गएर भेटेर आफ्नो कुरा सुनाए,’ उनले भनिन्, ‘तर, उहाँले सरुवा भएको ठाउँमा जान भन्नुभयो ।’ डा. शिलुले भेटमा मन्त्रीलाई आफ्नो पाँच वर्षको बच्चा रहेको र आमा हेर्नुपर्ने भएकाले त्यो बाध्यता पनि बुझिदिन मन्त्री पौडेललाई आग्रह गरेकी थिइन् । तर, मन्त्री पौडेलले डा. शिलुको बाध्यतालाई पनि नजरअन्दाज गरिदिए ।

क्लिनिकल व्यक्तिलाई म्यानेजरियल कोणबाट ट्रिट नगर्ने भाषणमा गर्दै हिड्ने मन्त्री पौडेलले बोलीसँग व्यवहार अमिल्दो निर्णय गरेका छन् । ‘म पोलिटिकल झगडा गरेर बस्न सक्दैंन्,’ डा. शिलुले भनिन्, ‘म काम गर्ने मान्छे हो । मेरो पारिवारिक बाध्यता बुझिदिन आग्रह गर्दा पनि सरुवा गरियो ।’ उनले आफूले भरतपुर जान नसक्ने पारिवारिक बाध्यता बिसाउँदा समेत नेतृत्वबाट सकारात्मक जवाफ नपाएपछि मर्माहत भएको बताइन् ।

कतिसम्म भने सिष्टम बसाउन आएको बताउने मन्त्री पौडेल डा. शिलु कहाँ सरुवाको पत्र नपुग्दैं डा. थापालाई ट्रमामा हाजिर गराइसकेका छन् । धेरै चिकित्सकहरुले मन्त्रीको यो निर्णय कुनै पनि हिसाबले जस्टिफाई गर्न नसकिने भएकाले यो निर्णयबाट मन्त्री ब्याक हुनु नै उपयुक्त हुने धारणा व्यक्त गरिरहेका छन् ।

डा. श्रेष्ठ वि.सं. २०७७ भदौंमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी पनि सिधैं एघारौं तह (सहसचिव)बाट सरकारी जागिर सुरु गर्नेमा पर्छिन् । वि.संं. २०४० असोजमा पाटनमा जन्मिएकी डा. श्रेष्ठले आर्दश विद्या मन्दिरबाट वि.सं. २०६४ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुन् ।

काठमाडौं विश्वविद्यालय धुलिखेलबाट सन् २००७ मा उनले एमबीबीएस उत्तीर्ण गरेकी हुन् । डा. श्रेष्ठ केयु धुलिखेलको पहिलो ब्याचको एमबीबीएस विद्यार्थी हुन् । उनले धुलिखेलबाटैं सन् २०१३ मा अर्थोपेडिक सर्जरीमा एमडी गरिन् । उनले सिंगापुरबाट ह्याण्डको माइक्रो सर्जरी सम्बन्धमा फेलोसीप गरेकी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ