२०८२ साउन २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय स्वास्थ्यकर्मी महासंघ ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक घण्टा आफैलाई’ अभियान चलाउँदै

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक घण्टा आफैलाई’ अभियान चलाउँदै


काठमाडौं—नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक घण्टा आफैलाई’ अभियान चलाउने निर्णय गरेको छ । २७ र २८ असारमा धुलिखेलमा बसेको महासंघको दोस्रो बैठकले नसर्ने रोग प्रकोपका रुपमा देखिएकाले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष डा. सन्तोष पौडेलले जानकारी दिए ।

‘अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह र मेन्टल हेल्थमा एकदमै समस्या बढिरहेको छ,’ डा. पौडेलले भने, ‘त्यही कारण हामीले मेरो स्वास्थ्य मेरो जिम्मेवारीः दिनमा एक घण्टा आफैलाई अभियान सुरु गरेका हौं ।’ उनले यो अभियानअन्तर्गत एक घण्टा मुटु र फोक्सो सक्रिय गराउने, ध्यान, योग र प्रणायमजस्ता अभ्यासहरुलाई केन्द्रमा राखिनेछ ।

महासंघले मुटु र फोक्सो हल्लाउने गरी शारीरिक गतिविधीहरुमा जोड दिने, योगाशानमार्फत शरीरलाई स्थिर बनाउने, ध्यान र प्रणायममार्फत मानसिक स्वास्थ्यलाई बलियो बनाउने गतिविधीहरु सञ्चालन हुनेछन् । अध्यक्ष डा. पौडेलले हप्तामा दिनमा एक घण्टा आफूलाई, हप्तामा एक दिन परिवारलाई र महिनामा एकदिन समुदायको अवधारणा यो अभियानमा काम गरिनेछ ।

‘यसले वल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई नचिन्ने अवस्थाको अन्त्य हुनेछ,’ उनले थपे, ‘यसले सामाजिक अन्तक्रिया बढाउनेछ, व्यक्तिगत रुपमा स्वस्थ रहन सहयोग गर्नेछ र परिवारमै रहेको एक्लोपन हटाउने भूमिका निर्वाह गर्नेछ ।’ उनकाअनुसार यसले मानसिक, शारीरिक र सामाजिक हेल्थलाई मजबुत बनाउने छ ।

महासंघको केन्द्रीय समितिको बैठकको निर्णय लगतै अहिले महासंघले योगा शिक्षकसँग मिलेर प्याकेज विकास गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ