२०८३ असोज ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ ८.८ रेक्टरको भूकम्प जाँदा पनि ज्यानको बाजी थापेर शल्यक्रिया गरिरहेका डाक्टर

८.८ रेक्टरको भूकम्प जाँदा पनि ज्यानको बाजी थापेर शल्यक्रिया गरिरहेका डाक्टर


मस्को—रसियाको पूर्वी तटीय क्षेत्रमा इतिहासकै ठूलो ८.८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार विहान गएको उक्त महाभूकम्प सन् १९५२ यता मापन गरिएको ठूलो भूकम्प भएको वैज्ञानिकहरुले बताएका छन् ।

उक्त भूकम्पले रसिया ठूलो झट्का दिएको थियो । भूकम्पको समयमा रसियाको कमचाट्का अंकोलोजी केन्द्रमा चिकित्सकहरु शल्यक्रिया गरिरहेका थिए ।

शल्यक्रिया गरिरहेका बेला ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त क्षणलाई सिसिटीभी फुटेजमा रेकर्ड भएको देखिन्छ । कामचट्काका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोवले स्पष्ट रुपमा थरथराइरहेको देखिएपनि र खतरा प्रत्यक्ष भएपनि मेडिकल टोलीले आत्मसंयम कायम राखेको र शल्यक्रिया कक्ष छोड्न अस्वीकार गरेको नाटकीय भिडियो सेयर गरेका छन् ।

‘खतरा हुँदाहुँदैं पनि डाक्टरहरु बिरामीसँगै बसे,’ मेल्निकोवले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखे, ‘हाल बिरामीको अवस्था राम्रो छ । म हाम्रा विशेषज्ञहरुप्रति उनीहरुको व्यवसायिकता र तनावको अवस्थामा देखाएको धैर्यताका लागि प्रशंशा र धन्यवाद व्यक्त गर्छु ।’




क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ