२०८२ साउन २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा


काठमाडौं—चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि २४ जनाको नाम सर्टलिष्ट (संक्षिप्त सूची)मा परेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नेतृत्वको उपकुलपति सिफारिस समितिले उपकुलपतिका लागि आवेदन दिएका ५४ जनाबाट २४ जनाको नाम सर्टलिष्ट गरेको हो ।

सिफारिस समितिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ६ जनाको सर्टलिष्टको सूची सार्वजनिक गरेको छ । सर्टलिष्टमा परेका उम्मेदवारहरुले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ता हुनेछ ।

त्यसपछि तीन जनाको नाम प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीलाई समितिले सिफारिस गर्नेछ । सिफारिस तीन जनामध्येबाट प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले एक जनालाई उकुलपति नियुक्त गर्नेछन् ।

चैत्रदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रिक्त छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल विदेश भ्रमणमा रमाउँदा महिनौंदेखि नेतृत्वबिहीन भएका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाउन अझै केही समय कुर्नुपर्ने भएको छ।

प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि मन्त्री पौडेलको संयोजकत्व गत जेठ दोस्रो साता नै सर्च कमिटी गठन भएको थियो । उक्त सर्च कमिटीमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन् ।

तर, यो समितिको काम कछुवा गतिमा छ । गठन भएको झण्डै तीन हप्तापछि मात्रै ४ असारमा उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउँदैं आवेदन माग गरेको थियो । १० असारसम्म आवेदन दिने समयसीमा तोकिएका थियो । उक्त अवधिसम्म चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जना आवेदन दिएका छन् ।

आवेदनपछि पनि संक्षिप्त सूची प्रकाशनका लागि पनि समितिले एक महिनाभन्दा बढी समय लागेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ