२०८२ साउन २६, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णालीका ३५ प्रतिशत गर्भवती महिला घरमै हुन्छन् सुत्केरी

कर्णालीका ३५ प्रतिशत गर्भवती महिला घरमै हुन्छन् सुत्केरी

प्रदेशभर २२७५१ जनाको स्वास्थ्य परीक्षण गर्दा ४७५८ जनामा दीर्घरोग पहिचान


जुम्ला—कर्णाली प्रदेशमा ३५ प्रतिशत गर्भवती महिला घरमै सुत्केरी हुने गरेको पाइएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकअनुसार ६५ प्रतिशत गर्भवती महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेका छन् ।

३५ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेकाले आमा र बच्चाको मृत्यु हुनेलगायतका स्वास्थ्य जोखिम बढेका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न अभियान थालिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।

मन्त्री भण्डारीले आफूले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा गरेका प्रगति ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नाम पुस्तकमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनले घरमै शून्य सुत्केरी हुने अभियानका लागि १० वटै जिल्लामा ४५ लाख ५० हजार रुपैयाँका दरले बजेट बिनियोजन गरिएको बताए । ‘घरमै सुत्केरी हुनेको संख्या अहिले पनि कर्णालीमा उत्तिकै छ । त्यसलाई शून्य बनाउनका लागि हामीले बजेट विनियोजन गरेर अभियान नै चलाएका हौं,’ उनले भने, ‘कर्णालीको वार्षिक मातृ मृत्युदर १ सय ७२ छ । त्यसलाई यो अभियानले कम गर्नेछ ।’ अस्पतालमा नवजात शिशुको विशेष स्याहारका लागि एसआईसीयु सेवा सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए ।

भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी प्रदेशभर २२ हजार ७ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरी ४ हजार ७ सय ५८ जनामा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाजस्ता दीर्घरोगको पहिचान भएको छ ।

सामाजिक विकास मन्त्रालयले एक वर्षको अवधिमा कडा रोगको ‘मेजर अपरेसन’ गरेका १ सय ३१ जना बिरामीलाई प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको उपचार सहायता प्रदान गरेको छ । बालविवाह अन्त्यका लागि प्रादेशिक रणनीति मस्यौदा तयार भएको, बालबालिका हराएमा खोज्नका लागि बालबालिका खोज तलास केन्द्र सञ्चालन गरिएको लगायतका कामहरु गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ