२०८३ मंसिर ६, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम

साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम


काठमाडौं—साझा यातायातका कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम प्रदान गरिएको छ । शनिबार आरुष लाइफस्टाइल अस्पतालको अर्थोपेडिक्स विभागले न्याय हेल्थ नेपालसँगको सहकार्यमा आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम प्रदान गरेको हो ।

तालिमको प्रशिक्षकका रुपमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. भाष्करराज पन्त, डा. सन्दीप भण्डारी, डा. प्रशान्त अधिकारी र डा. गौरववीर बज्राचार्य रहेका थिए ।

तालिममा साझाका कर्मचारीहरुलाई सडक दुर्घटना भएको अवस्थामा चाहिने प्राथमिक उपचार, जीवनरक्षक सीप र दुर्घटना रोकथामको व्यवहारिक भ्यास सम्बन्धि जानकारीहरु प्रदान गरिएको थियो । प्रशिक्षकहरुले दुर्घटनामा परेकाहरुको जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण हुने गोल्ड पिरियडको महत्वबारे पनि सहभागीहरुलाई जानकारी दिएका थिए ।

आपत्तकालीन अवस्थामा तुरुन्त प्रतिकार्य गर्न सक्षम बनाउन, दुर्घटनापछि हुने मृत्यु न्यूनीकरण गर्न र समयमै उपचार कसरी गर्ने भन्ने विषयमा जानकारी दिन तालिम आयोजना गरिएको अर्थोपेडिक्स सर्जन तथा प्रशिक्षक डा. भाष्करराज पन्तले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ