२०८२ भदौ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजेन जीको आन्दोलनमा झडप, दर्जनौं घाइते सबै सरकारी अस्पतालका एम्बुलेन्स सिभिलमा बोलाइयो

जेन जीको आन्दोलनमा झडप, दर्जनौं घाइते सबै सरकारी अस्पतालका एम्बुलेन्स सिभिलमा बोलाइयो


काठमाडौं—जेन जीले भ्रष्टाचार अन्त्यलगायतका माग राखेर गरेको आन्दोलनका क्रममा भएको झडपमा परेर दर्जनौं घाइते भएका छन् । घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

केही प्रदर्शनकारी र केही सुरक्षाकर्मीसमेत झडपमा घाइते भएका छन् । कान्तिपुर टिभीका क्यामराम्यान श्याम श्रेष्ठ पनि घाइते भएका छन् ।

‘दर्जनौं घाइते भएका छन् । हामीले थेगिसक्ने अवस्था नभएकाले सबै सरकारी अस्पतालका एम्बुलेन्सहरु बोलाएका छौं,’ सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहचन्द्र रेग्मीले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ