२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. वासुदेव पाण्डेको सल्लाहः कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट

डा. वासुदेव पाण्डेको सल्लाहः कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट


कुनै पनि व्यक्ति स्वस्थ्य हुनको निमित्त उसलाई स्वस्थ्य खानासँगसँगै सरसफाइको पनि विशेष आवश्यकता पर्दछ । खाना जतिसुकै ताजा भएतापनि व्यक्तिको सरसफाइको कमी नै उसको शरीरमा देखा पर्न सक्ने विभिन्न रोग तथा समस्याहरुको मुख्य जड बन्न सक्छ । त्यसैले व्यक्तिले आफ्नो खानपिन सँगसँगै सरसफाइमा पनि उत्तिकै ध्यान दिनु पर्दछ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा हालसम्म लगभग ५१ वटा जिल्लालाई खुल्ला दिसामुक्त जिल्लाको रुपमा घोषणा गरिसकेको छ । तर, विडम्बना हालसम्म पनि दिसाको माध्यमबाट सर्ने सामान्य मानिने विभिन्न रोगहरुबाट कैयौं व्यक्तिहरु संक्रमित समेत भइराखेका छन्।

त्यस्ता व्यक्तिहरुमा दिसाकै कारण झाडापखाला, हैजा, रगतमासी, जुका, वान्ता, फुड पोइजन, टाइफाइड तथा हेपटाइटिस ए र ईजस्ता सानादेखि ठूला रोगसमेत देखा पर्ने गरेको पाइन्छ । यस अर्थमा हामीले के बुझ्नुपर्छ भने खुल्ला रुपमा दिसा बस्दा मात्र नभई सरसफाइका कमीका कारण पनि व्यक्तिमा समस्याहरु देखा पर्दछन् ।

कारणहरु

  •  पानीको मुहान नजिकै शौचालय भएमा
  • शौच गरेर आएपछि हात राम्ररी नधोएमा
  • सरसफाइको कमी भएमा
  • बासी खाना खाएमा
  • फोहोर पानी

कसरी बच्ने दिसाबाट लाग्न सक्ने रोगहरुबाट

माथि उल्लेखित विभिन्न कारणहरुले हाम्रो शरीरमा पानी तथा हावाको माध्यमबाट दिसाका किटाणुहरु प्रवेश गर्दछ । शौच गरेर आएर राम्ररी हात नधोएर होस् वा पानीको माध्यमबाट । जुनसुकै माध्यमबाट भएपनि किटाणु हाम्रो शरीरमा प्रवेश गर्दा गरेपछि यसले विभिन्न किसिमका सानादेखि ठूलासम्मका रोगहरु निम्त्याउने गर्दछ । तसर्थ, यी समस्याहरुबाट बच्नको निम्ति हामीले विशेषगरी निम्न उपायहरु अपनाउनु पर्दछ :

  • सरसफाइमा विशेष ध्यान दिने
  • सफा र स्वच्छ पानी पिउने
  • पानी उमालेर वा फिल्टर गरेर मात्रै खाने
  • शौच गरेर आइसकेपछि साबुन पानीले राम्ररी हात धुने
  • खाना खानुअघि तथा पछि राम्ररी हात धुने
  • ताजा खानाहरु मात्र खाने
  • जथाभावी दिसा नबस्ने
  • बजारमा खुल्ला बेच्न राखिएका खानाहरु बहिष्कार गर्ने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ