२०८२ मंसीर ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यसञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए

सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए


काठमाडौं—रेडियो अडियोका सञ्चालक तथा सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिएका छन् । आइतबार काठमाडौं महानगरपालिका—१० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

खनियाँ घरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनास्थलको मुचुल्कालगायतका काम सकेर उनको शव पोर्टमाष्टर्मका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

केही समयअघि मात्र उक्त घर बाँनियाले ऋषिकेश भट्टलाई बेचेका थिए । आफैले केही समयअघि बेचेको घरको चौथो तलामा उनी बस्दैं आएका थिए ।

सञ्चारकर्मी खनियाँका श्रीमती र एक छोरी छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ