२०८२ पुस ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश

एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश


काठमाडौं—जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एनएमएलाई पत्र लेख्दैं बागमतीबाट उपाध्यक्षका उम्मेदवार बनेका डा. शाहीको उम्मेदवारी यथावत राख्न भनेको हो ।

यसअघि निर्वाचन समितिले डा. शाहीको उम्मेदवारीमा रित नपुगेको भन्दैं खारेज गरिदिएको थियो । निर्वाचन समितिको उक्त निर्णय गैरकानुनी भन्दै उनले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका थिए ।

‘नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को नियम विपरित मनोमानी रुपमा विभिन्न शर्तहरु राखी लोकतान्त्रिक निर्वाचन प्रक्रियामा भाग लिनबाट बन्चित गर्ने कार्य कानुन विपरित भएको देखिदा उक्त नियमावली बमोजिम तोकिएको समय सिमाभित सक्कल वारेसनामा वा मन्जुरीनामाबाट उम्मेदवारी दर्ता गरेका चिकित्सकहरुलाई उक्त निर्वाचनमा सहभागी गर्न/गराउन हुन आदेशानुसार अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत जनक कोइरालाले संघलाई लेखेको पत्रमा छ ।

एनएमएको २ र ३ माघमा शाखा कार्यालय र १५, १६ र १७ माघमा केन्द्रीय कार्यालय काठमाडौंमा निर्वाचन हुँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ