२०८२ माघ १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त

विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त


जेनेभा –विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीबाट संयुक्त राज्य अमेरिका औपचारिक रुपमा बाहिरिएको प्रति खेद व्यक्त गरेको छ । शनिबार डब्लूएचओले एक विज्ञप्ती जारी गर्दै भविष्यमा वासिङ्टन पुनः सक्रिय सहभागितामा फर्कने आशा गरेको छ।

‘हामी भविष्यमा संयुक्त राज्य अमेरिका डब्ल्यूएचओमा पुनः सक्रिय सहभागितामा फर्कने आशा गर्दछौं,’ डब्लूएचओको विज्ञप्तीमा छ ।

बिहीबार संयुक्त राज्य अमेरिका डब्लूएचओबाट औपचारिक रुपमा बाहिरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोभिड–१९ महामारीलाई डब्लूएचओले जसरी सम्हाल्यो त्यसको आलोचना गर्दै आएको छन्। ट्रम्पले डब्लूएचओ सदस्य राष्ट्रहरूको ‘अनुचित राजनीतिक प्रभाव’ बाट स्वतन्त्र रूपमा काम गर्न असफल भएको र चीनजस्ता ठूला देशहरूले दिएको रकमको तुलनामा अमेरिकाबाट ‘अन्यायपूर्ण रूपमा धेरै शुल्क’ मागिएको दाबी गरेका छन्।

तर, डब्लूएचओले ट्रम्पका उक्त आरोपहरुको खण्डन गर्दै संयुक्त राष्ट्रसंघको एक विशेषीकृत एजेन्सीका रूपमा १९४ सदस्य राष्ट्रहरूले सामेल डब्लूएचओ सधैं निष्पक्ष रहँदै आएको र सबै देशहरूको सार्वभौमिकताको सम्मान गरेको जनाएको छ । उसले कुनै पक्षपात बिना सबैको सेवा गर्नका संगठन प्रतिबद्ध रहेको समेत जनाएको छ ।

कोभिड—१९ का सबै सूचनाहरु सबैसँग साझा गरिएको पनि डब्लूएचओको विज्ञप्तीमा छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ