२०८२ माघ २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन

विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन


ललितपुर—हरिसिद्धीस्थि नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । बुधबार विश्व क्यान्सर दिवसको अवसर पारेर अस्पतालले दीप प्रज्वलनलगायतका विविध कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्यान्सर रोग विशेषज्ञ समेत रहेका अस्पतालका कार्यकारी डा. सुदीप श्रेष्ठले ४ फेब्रुअरीलाई विश्व क्यान्सर दिवसको रुपमा मात्र नभएर हरेक दिन मनमा राख्नुपर्ने बताए । ‘क्यान्सर जोसुकैलाई पनि हुन सक्छ, त्यसका विरुद्ध हामी सबै एकजुट भएर लड्नुपर्छ,’ उनले भने ।

अस्पतालका मेडिकल निर्देशक डा. विजेशराज घिमिरेले वर्षमा संसारमा दुई करोडलाई क्यान्सर हुने गरेको बताए । ‘विश्वमा वर्षेनी २ करोडलाई क्यान्सर हुन्छ,’ उनले भने, ‘जसमध्ये १ करोडको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।’ अझै यो संख्या बढ्न सक्ने बताउँदैं डा. घिमिरेले उपचार गर्ने विशेषज्ञ जनशक्ति, उपचार पद्धति र प्रविधीमा पनि विकास भइरहेको बताए ।

जसका कारण अब क्यान्सरसँग डराउनुपर्ने अवस्था नरहेको डा. घिमिरे भनाइ थियो । ‘अब क्यान्सरसँग डराउने होइन्, लड्नुपर्छ,’ उनले भने, ‘तर, हामीले सचेतना जगाएर समयमै परीक्षण गर्नुपर्ने कुरा सबैलाई बुझाउनुपर्छ ।’ उनले नेपालमा पनि क्यान्सरको उपचारका लागि राम्रो अस्पतालहरु विकास भइसकेको बताए ।

अस्पतालका अर्का चिकित्सक डा. गुसुपनिख प्रसिकोले क्यान्सरको स्वरुप फरक भौगोलिक अवस्था, फरक वातावरण र फरक परिवेश तथा फरक जीवनशैलीअनुसार भिन्न रहेको धारणा व्यक्त गरे । तर, प्रिभेन्स गर्न सकेमा क्यान्सर रोग निको पार्न सकिने उनले जानकारी दिए ।

कार्यक्रममा डा. कपेन्द्रशेखर अमात्य, डा. हरिप्रसाद ढकाल, अस्पतालकी निर्देशक डा. स्वरुपा श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । उक्त अवसरमा फोटो बुथ, क्यान्डल लाइट, हस्ताक्षर, स्वास्थ्य परीक्षण, बेलुन उडाउनेलगायतका कार्यक्रमहरु आयोजना गरिएको थियो ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ