काठमाडौ–आगामी २१ फागुनमा हुने निर्वाचनमा हुनसक्ने घटनाबाट उत्पनन हुने आकस्मिक स्वास्थ्य अवस्थाको व्यवस्थापनकाेलागि चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान वीर अस्पतालले २६ चिकित्सक नर्स र फार्मासिस्ट सहितको तत्काल उद्धार तथा उपचार समिती बनाएको छ ।
अस्पतालका आकस्मिक विभागका विभागिय प्रमुख डा सुरेश प्रसाद नेपालको संयोजकत्वमा रहेको सो टोलीमा २४ जना चिकित्सक, अस्पताल नरसिङ्ग प्रमुख र फर्मेसी प्रमुख रहेका छन् । निर्वाचन अवधीमा हुनसक्ने घटनाबाट आइपर्ने स्वास्थ्य आपतकाल व्यवस्थापन गर्नको लागि केन्द्रिय अस्पताल भएकाले पुर्व तयारी स्वरुप यो समिति गठन गरिएको वीर अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले जानकारी दिए ।
‘वीर अस्पताल केन्द्रीय अस्पताल भएको हुदा निर्वाचनको समयमा हुन सक्ने सम्भावित स्वास्थ्य आपतकाल व्यवस्थापन चाडो होस भनेर यो समिति गठन गरिएको हो ।’ डा शर्माले भने ‘सरकारको निर्णय अनुसार हामी तयारी अवस्थामा बसेका छौ, समिति निर्वाचन अवधीभर २४ सै घण्टा अलर्ट हुन्छ ।’
सो समितिमा पनिर्देशक डा मीन चन्द्र अधिकारी, हाडजोर्नी रोग विशेषज्ञ डा विनोद जोशी, कलेजोरोग विशेषज्ञ डा सुधांसु केसी, डा ऋतु प्रधानी लगायत रहेका छन् ।

