२०८२ फागुन २९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ

किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ


काठमाडौं—किष्ट शिक्षण अस्पतालमा विश्व मिर्गौला दिवस मनाइएको छ । बिहीबार अस्पतालले विशेष कार्यक्रमको आयोजना गरी विश्व मिर्गौला दिवस मनाएको हो ।
वि.सं. २०७८ सालबाट मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरेको किष्टले आयोजनाको गरेको उक्त कार्यक्रममा अस्पताल कार्यकारी समिति सदस्यहरु, मिर्गौला प्रत्यारोपण टोली तथा विभिन्न विभागका चिकित्सकहरुको उपस्थिती रहेको थियो ।

साथै विश्व मिर्गौला दिवसको अवसर पारेर अस्पतालले सर्वसाधारण तथा बिरामीका लागि जनचेतनामूलक सन्देश तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले मिर्गौला स्वस्थ राख्नका लागि नियमित व्यायाम गर्न, शरीरलाई सक्रिय राख्न, फलफूल, सागसब्जी र सन्तुलिन खाना खान, नुन कम खान, रगतमा चिनीको मात्रा जाँच र नियन्त्रण गर्न भनेको छ ।

यस्तै, रक्तचाप जाँच र नियन्त्रण गर्न, पर्याप्त पानी पिउन, धुम्रपान नगर्न, अनावश्यक औषधि सेवन नगर्न र नियमित स्वास्थ्य जाँच गर्न पनि आग्रह गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ