२०८२ चैत्र १०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यतीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल


काठमाडौं—टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले क्षयरोग नियन्त्रणका लागि डट्स केन्द्र स्थापना गरी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा ग्राण्डीले विगत तीन वर्षदेखि ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना गरी क्षयरोगका बिरामीलाई उपचार प्रदान गर्दै आएको हो ।

ग्राण्डीले स्थापनाकालदेखि नै क्षयरोगका बिरामीलाई उपचार गर्दै आएपनि विगत तीन वर्षदेखि भने डट्स केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएको हो ।

ग्राण्डीले डट्स केन्द्र स्थापना भएदेखि चिकित्सकको प्रतक्ष्य निगरानीमा विरामीलाई क्षयरोगको औैषधी खुवाउँदै आएको फोकल पर्सन बज्राचार्य बताउँछिन् । ग्राण्डीले प्रत्येक दिन ‘क्षयरोग उपचार डट्स केन्द्र’ मार्फत विरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

क्षयरोग माइक्रोव्याक्टेरियम ट्युबरक्लोसिस नामको व्याक्टेरियाका कारण लाग्ने गरेको छ । ग्राण्डी अस्पताल, डट्स शाखाकी फोकल पर्सन अनिता बज्राचार्य चिकित्सकको सल्लाहअनुसार नियमित रुपमा औषधि सेवन गर्दा उक्त रोग निको हुने बताउँछिन् ।

टिबी (क्षयरोग) दुई प्रकारका हुन्छन्—पल्मोनरी र एक्स्ट्रा पल्मोनरी टिबी । पल्मोनरी टिबी छातीमा हुने टिबीलाई जनाउँछ भने एक्स्ट्रा पल्मोनरी टिबी छाती भन्दा अन्य भागमा हुने टिबीलाई जनाउँछ । पल्मोनरी टिबी ६ महिना निरन्तर औषधि सेवन गर्दा निको हुन्छ भने एक्स्ट्रा पल्मोनरी टिबी भएमा १२ देखि १८ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ।

टिबीको साइड इफेक्ट समेत हुने गरेको छ । सुरुमा औषधि सेवन गर्दा दिशा, पिसाबमा रातो आउने, कसैलाई पेट फुल्ने, टाउको दुख्ने, जिउ भारी हुने, वाकवाक लाग्ने, जिउ चिलाउने र जण्डिस हुने गर्दछ । जण्डिसको लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनुपर्दछ । टिबीको औषधि एकै समयमा खाने गर्नुपर्दछ । टिबीको औषधी खाने बिरामीले प्रोटिनयुक्त खाना, सागपात, गेडागुडी, माछामासु बढी मात्रामा खाने गर्नुपर्दछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ