२०८२ चैत्र १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड

हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड


जुम्ला—स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख डा. उमाकान्त तिवारीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड प्रदान गरिने भएको छ । हुम्ला जस्तो दुर्गम ठाउँमा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालि काडमाडौंले हेल्थ अवार्ड प्रदान गर्न लागेको हो ।

जुम्लाको सिंजामा जन्मेका डा. तिवारीलाई २८ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड प्रदान गर्ने मिति तय भएको स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिका कार्यकारी अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताए ।

तिवारीले छात्रवृत्तिमा एमबीबीएस अध्ययन सम्पन्न गरी नेपालका दुर्गम जिल्लामा करिब दुई वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरबाट एमडिजीपी उपाधि प्राप्त गरेका छन् । डा. तिवारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा आकस्मिक विभागको इन्चार्जका रूपमा कार्यरत रहँदै गर्दा एमडिजीपी कार्यक्रमको पाठ्यक्रम विकास, शैक्षिक गतिविधि सञ्चालन तथा स्नातकोत्तर तहको अध्यापन प्रशिक्षणमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

अहिले डा. तिवारी हुम्ला स्वास्थ्य सेवा कार्यालयमा निमित्त प्रमुखको रूपमा कार्यरत छन् । दुर्गम भौगोलिक अवस्था र सिमित स्वास्थ्य पहुँच भएका क्षेत्रमा उनले स्वास्थ्य सेवा प्रवाह सुधार र गुणस्तरीय सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, रेफरल प्रणालीको सुदृढीकरण, प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी विस्तार र आकस्मिक सेवा प्रणालीको समन्वयमा उनको योगदान उल्लेखनीय रहेको छ ।

डा. तिवारीले स्वास्थ्य नीति तथा कार्यक्रमको कार्यान्वयनमा स्थानीय तह, सरोकारवाला निकाय र सरकारी कार्यालयहरूसँग समन्वय गर्दै दिगो परिणाममुखी सेवा प्रवाहमा सहयोग पु¥याउदैं आएका छन् ।

उनले बायोमेडिकल प्रयोगशाला सञ्चालन, जेनएक्सपर्ट ल्याब स्थापनामा समन्वय, उपकरण व्यवस्थापन तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि अमेरिकी डाक्टर परिचालन गरी तालिम सञ्चालन गरेका छन् । विशेषगरी, दुर्गम गाउँ बस्तीहरूमा स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएका छन् । प्रकोप व्यवस्थापनमा समेत उनको महत्वपूर्ण भूमिका छ ।

निवारक, प्रवद्र्धनात्मक, उपचारात्मक, पुनस्र्थापनात्मकलाई मध्यनजर गर्दै कार्यक्रम अघि बढाएकाले उनको नेतृत्वमा रहेको हुम्ला स्वास्थ्य सेवा कार्यालय प्रदेशस्तरीय कार्यसम्पादनमा मूल्याङ्कनमा प्रथम भएको छ । विशेषगरी, उनको सक्रिय नेतृत्वमा हुम्ला स्वास्थ्य कार्यालयले पूर्ण खोप कार्यक्रम समयमै घोषणा गरेको छ । उनी स्वास्थ्यका कार्यक्रमलाई परिणाममा आधारित बनाउन अनुसन्धानात्मक गतिविधि पनि अघि बढाइरहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ