२०८२ चैत्र २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा मोतिबिन्दु शल्यक्रियापछि ५२ जनाले पुनः प्राप्त गरे ज्योति

सल्यानमा मोतिबिन्दु शल्यक्रियापछि ५२ जनाले पुनः प्राप्त गरे ज्योति


वीरेन्द्रनगर– सल्यानमा ५२ जनाले हराउँदै गएको दृष्टि पुनः प्राप्त गरेका छन् । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै कालीमाटी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट उनीहरूले फेरि उज्यालो देख्ने अवसर पाएका हुन् ।

शिविरमा ३७२ जनाको आँखा परीक्षण गरिएकोमा ५२ जनामा मोतिबिन्दु पहिचान भई निःशुल्क शल्यक्रिया गरिएको कालीमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापाले बताए ।

शिविरमा २४५ पुरुष र १२७ महिलाको आँखा जाँच गरिएको थियो । जसमध्ये शल्यक्रिया गरिएका बिरामीमध्ये २३ जना पुरुष र २९ जना महिला रहेका छन् ।

कालीमाटी गाउँपालिकाको समन्वयमा नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी कालीमाटी, रामपुरमा शिविर सञ्चालन गरिएको हो ।

स्थानीयस्तरमै विशेषज्ञ सेवा पाउँदा स्थानीयवासी खुसी भएका छन् । आर्थिक अभाव र दूरीका कारण अस्पताल पुग्न नसक्ने धेरै बिरामीलाई यस शिविरले राहत दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ