२०८३ वैशाख १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान

युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान


काठमाडौं—त्रिवि शिक्षण अस्पतालका एण्डोभास्कुलर एण्ड न्युरोइन्टरभेन्सलिष्ट डा. सुवास फुयाँल प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’बाट सम्मानित भएका छन् ।

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस लण्डनद्वारा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहमाझ डा. फुयाँललाई न्यूरो इन्टरभेन्सनको क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान प्रदान गरिएको हो ।

लामो समयदेखि नेपालको न्यूरो इन्टरभेन्सनको क्षेत्रका सक्रिय डा. फुयाँललाई ‘पिनहोल’ प्रविधिमार्फत शल्यचिकित्साका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको भन्दैं उक्त सम्मान प्रदान गरिएको हो । सम्मान ग्रहणपछि उनले खुसी व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त रुपमा सेवामा लागि पर्ने बताए ।

डा. फुयाँलले भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट न्यूरो इमेजिङ र इन्टरभेन्सनमा डिएम गरेका छन् ।

‘नेपाली स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोगी बन्न पाएकोमा खुसी व्यक्त गर्दछु,’ डा. फुयाँलले भने, ‘आगामी दिनमा अझ गुणस्तरीय सेवा बिरामीलाई दिन प्रतिवद्ध छु ।’

उक्त सम्मान समारोहमा देश विदेशका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । समारोहमा उत्कृष्टता, नवीन आविष्कार र उपलब्धिहरुलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ