२०८३ जेठ २२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यएभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी

एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी


काठमाडौं -एभरेस्ट क्षेत्रमा अत्यन्त चुनौतीपूर्ण अवस्थामा ६ दिन बिताएका ५७ वर्षीय दावा शेर्पाको सफल उद्धारपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उद्धारपछि अस्पताल ल्याइएका शेर्पामा गम्भीर डिहाइड्रेसन (शरीरमा पानीको कमी), दुवै हातका कान्छा औँलामा ग्रेड–२ को फ्रस्टबाइट, दाहिने हातको औँठा र बीचको औँलामा ग्रेड–१ फ्रस्टबाइट तथा दाहिने खुट्टाको फिमर हड्डीको जोर्नी नजिक फ्र्याक्चर र तिघ्रामा आन्तरिक रक्तस्राव (हेमाटोमा) देखिएको छ ।

हाल शेर्पाको ह्याम्स अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ। उपचारका क्रममा फ्रस्टबाइट नियन्त्रणका लागि इलोप्रोस्ट थेरापी, अक्सिजन, सलाइन तथा आवश्यक अन्य सहायक उपचार प्रदान गरिएको छ ।

अस्पतालका अनुसार शेर्पाको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ भने डिहाइड्रेसनमा उल्लेखनीय सुधार देखिएको छ। बहु-विषयगत चिकित्सक टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको छ ।

उपचार तथा स्वास्थ्य अवस्थाको थप अवलोकनका लागि उनी केही दिन अझै आईसीयूमै रहने अस्पतालले जनाएको छ ।

ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माद्वारा जारी विज्ञप्तिमा शेर्पाको स्वास्थ्य अवस्थाबारे आवश्यकताअनुसार थप जानकारी सार्वजनिक गरिने उल्लेख गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ