२०८३ जेठ २६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी


काठमाडौं—स्वास्थ्य बीमा बोर्डले ११७ वटा अस्पतालहरुलाई १ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको छ । बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लकाअनुसार १२ जेठ बसेको स्वास्थ्य बीमा बोर्डको बैठकलले ११७ वटा स्वास्थ्य संस्थालाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको हो ।

बोर्डले ५५ सरकारी स्वास्थ्य संस्था, २५ सामुदायिक स्वास्थ्य संस्था र ३७ निजी स्वास्थ्य संस्थालाई बीमा वापतको रकम भुक्तानी गरेको हो । जसमध्ये २५ वटा अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले १ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिएको छ ।

यी हुन १ करोड बढी भुक्तानी पाएका अस्पतालहरु

१. त्रिवि शिक्षण अस्पताल १ करोड ९४ लाख ९० हजार ५४१ रुपैयाँ
२. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २ करोड ५२ लाख ८ हजार ६२२ रुपैयाँ
३. लुम्बिनी प्रादेशिक अस्पताल १ करोड ९७ लाख ८२ हजार ७९७ रुपैयाँ
४. लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल १ करोड ५५ लाख ७५ हजार २५६ रुपैयाँ
५. नोबेल मेडिकल कलेज ३ करोड ७९ लाख ९४ हजार २७४ रुपैयाँ
६. विराट मेडिकल कलेज ३ करोड ३३ लाख ४७ हजार ७३८ रुपैयाँ
७. कोशी अस्पताल १ करोड ४६ लाख ७ हजार ७५५ रुपैयाँ
८. हेटौडा अस्पताल १ करोड ३६ लाख ८५ हजार ५७७ रुपैयाँ
९. किष्ट मेडिकल कलेज १ करोड २२ लाख ५९ हजार ८९१ रुपैयाँ
१०. धुलिखेल अस्पताल ३ करोड १४ लाख ७४ हजार ५१९ रुपैयाँ
११. वीर अस्पताल २ करोड २० लाख ६३ हजार ५२० रुपैयाँ
१२. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल २ करोड ४९ लाख ५४ हजार ५३३ रुपैयाँ
१३. गण्डकी मेडिकल कलेज १ करोड ७० लाख ३८ हजार ६६० रुपैयाँ
१४. मणिपाल मेडिकल कलेज १ करोड ६२ लाख २१ हजार १७० रुपैयाँ
१५. बीएण्डसी मेडिकल कलेज २ करोड ४० लाख २७ हजार १५९ रुपैयाँ
१६. ओम साई पाथीभरा हस्पिटल प्रा.लि. १ करोड ६९ लाख ८८ हजार ३२७ रुपैयाँ
१७. मेची अस्पताल १ करोड ७ लाख ९५ हजार ६१६ हजार रुपैयाँ
१८. दमक अस्पताल १ करोड ६८ लाख ५६ हजार १३९ रुपैयाँ
१९. भरतपुर अस्पताल ३ करोड ७९ लाख ८३ हजार २५५ रुपैयाँ
२०. बकुलहर रत्नगर हस्पिटल १ करोड ८९ लाख ८० हजार ८३६ रुपैयाँ
२१. चितवन मेडिकल कलेज १ करोड ७६ लाख ४८ हजार ७५४ रुपैयाँ
२२. नेपाल कोरिया मैत्री अस्पताल १ करोड ७६ लाख ५५ हजार ५७२ रुपैयाँ
२३. ख्वप अस्पताल १ करोड २८ लाख ३३ हजार ७७९ रुपैयाँ
२४. भक्तपुर अस्पताल १ करोड ७ लाख ५० हजार ३०३ रुपैयाँ
२५. मानव अंग प्रत्यारोपण केन्द्र १ करोड १ लाख ७२ हजार ७७२ रुपैयाँ

कसले कति पाए ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ