२०८३ असार १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता

नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता


काठमाडौं—नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड र कुमारी बैंक लिमिटेडबीच स्वास्थ्य परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा दुई वर्षे सम्झौता भएको छ । बिहीबार नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशी र कुमारी बैंकका संस्थागत तथा खुद्रा बैंकिङ प्रमुख अनिल निरौलाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

१० असारबाट लागु हुने सम्झौताअनुसार कुमारी बैंकका कर्मचारी, उनीहरूका नजिकका परिवारका सदस्य, खाता धनी, डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता र मोबाइल बैंकिङ प्रयोगकर्ताले नेशनल प्याथ ल्याबका विभिन्न परीक्षण सेवामा विशेष छुट पाउनेछन् ।

कुमारी बैंकका कर्मचारी र उनीहरूका परिवारका सदस्यले नियमित प्याथोलोजी परीक्षणमा २० प्रतिशत र हाई एण्न्ड स्पेशल टेष्टमा १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, बैंकका ग्राहकले नियमित प्याथोलोजी परीक्षणमा १० प्रतिशत र हाई एण्न्ड स्पेशल टेष्टमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार नेशनल प्याथ ल्याबले बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा ग्राहकलाई दूरीका आधारमा होम कलेक्सन सेवासमेत उपलब्ध गराउनेछ । दुवै संस्थाले यो सहकार्यमार्फत ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ