गृहपृष्ठ ∕ प्रदेश २ ∕ राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा हेल्थ आवाज मंगलबार, २०८३ असार २३ गते, १०:३३ मा प्रकाशित जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास नियन्त्रणमा लिएको छ । २२ असारमा अख्तियारको टोलीले आठौं तहका पशु विकास अधिकृत डा. दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको हो । यादवले भ्याक्सिनेटरहरुबाट सेवा उपलब्ध गराए वापतको पाउनुपर्ने रकमको २० प्रतिशत कमिसनस्वरुप घुस/रिसवत माग्ने गरेको उजुरी अख्तियारमा परेको थियो । त्यसपछि अनुसन्धानका लागि इटहरीबाट खटिएको अख्तियारको टोलीले यादवलाई ३३ हजार २५० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । अनुसन्धानका क्रममा स्रोत नखुलेको र४८ हजार ७० रुपैयाँ समेत फेला परेको थियो । यस्तै, निमित्त कार्यालय प्रमुख डा. दासको कार्यकक्षबाट मोबाइल फोन १ थान र १ लाख २५ हजार बराबरको चेक एक थानसमेत बरामद गरिएको अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ५ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा