काठमाडौं—बसुन्धरा चौकीस्थित एमएन अस्पतालले नाक, कान, घाँटी रोगबारे विशेषज्ञ ओपीडी सेवा १९९ रुपैयाँमै उपलब्ध गराइरहेको छ । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रुपेश सापकोटाले अस्पतालमा उक्त सेवा दिइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालकाअनुसार हाल प्रत्येक दिन १ बजेदेखि २ बजेसम्म १९९ रुपैयाँ ओपीडी सेवा सञ्चाल भइरहेको छ ।
डा. सापकोटाले कान दुख्ने, नाक बन्द हुने, नाकबाट रगत बग्ने समस्या, नाकको एलर्जीको समस्या, कम सुन्ने, नाकमा मासु पलाएको समस्या, कानबाट पिप बग्ने, श्वर बसेको रिंगटा लाग्ने र घाँटी दुख्ने समस्या भएका बिरामीले डाक्टरलाई चेज जाँच गराउन आवश्यक हुन्छ ।