काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकारले मातहत चार वटा प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृती दिने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चार वटा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले आफू मातहतका सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।
विश्वविद्यालयको गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनमा रहेको छ ।