गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने हेल्थ आवाज बिहीबार, २०८३ भदौ ११ गते, १६:०८ मा प्रकाशित विराटनगर—कोशी अस्पतालले पित्तनलीमा रहेको ढुंगा शल्यक्रिया नगरी निकाल्न सकिने अत्याधुनिक ईआरसीपी (ERCP) सेवा सुरु गरेको छ । नयाँ सेवा सुरु भएसँगै पूर्वी नेपालका बिरामीले पित्तनलीको ढुंगाको उपचारका लागि निजी अस्पताल वा भारत धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । अस्पतालले हालै ईआरसीपी प्रविधिमार्फत पहिलो बिरामीको सफल उपचार गरेको हो। मोरङको डाइनिया घर भएका ५५ वर्षीय हमिर आलमको पित्तनलीमा रहेको ढुंगा यो प्रविधिबाट निकालिएको अस्पतालले जनाएको छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. भुवनेश्वर यादवका अनुसार ईआरसीपीमा मुखबाट इन्डोस्कोपीको माध्यमले सानो आन्द्रा (डिउडेनम) सम्म पुगेर पित्तनलीमा रहेको ढुंगा वा अन्य अवरोध हटाइन्छ । बिरामीलाई बेहोस बनाएर गरिने यो प्रक्रिया सामान्य इन्डोस्कोपीभन्दा केही जटिल र अत्याधुनिक रहेको उनले बताए । ‘मेसिनलाई सानो आन्द्रासम्म पुर्याएर त्यहाँबाट पित्तनलीमा प्रवेश गराई ढुंगा निकालिन्छ,’ डा. यादवले भने । परम्परागत उपचारमा पेट चिरेर शल्यक्रिया गर्नुपर्ने भएकाले बिरामीलाई अस्पतालमा लामो समय बस्नुपर्ने अवस्था हुन्थ्यो । ईआरसीपीबाट भने शल्यक्रिया नगरी उपचार गर्न सकिने भएकाले जटिलता, समय र खर्च कम हुने चिकित्सकको भनाइ छ । ‘जटिलता नदेखिए उपचारकै दिन बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ,’ डा. यादवले भने, ‘यसले बिरामीको समय र खर्च दुवै बचत गर्छ ।’ कोशी अस्पतालमा पहिलो पटक ईआरसीपी गरिएका आलममा पित्तनली र पित्तथैलीमा संक्रमण (कोलेन्जाइटिस) समेत देखिएको थियो । उपचारपछि चिकित्सकीय निगरानीमा एक दिन राखेर उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ । नयाँ प्रविधिबाट प्रभावकारी उपचार पाएको भन्दै आलमले खुसी व्यक्त गरेका छन् । उनले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभारसमेत व्यक्त गरे । ईआरसीपी सेवा सञ्चालनमा डा. यादवको नेतृत्वमा सर्जन डा. रवि बस्ताकोटी, डा. रविनाथ सिंह, एनेस्थेसियाका चिकित्सक तथा डा. मोहन खड्कालगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’