गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने हेल्थ आवाज बिहीबार, २०८३ भदौ ११ गते, १६:०८ मा प्रकाशित विराटनगर—कोशी अस्पतालले पित्तनलीमा रहेको ढुंगा शल्यक्रिया नगरी निकाल्न सकिने अत्याधुनिक ईआरसीपी (ERCP) सेवा सुरु गरेको छ । नयाँ सेवा सुरु भएसँगै पूर्वी नेपालका बिरामीले पित्तनलीको ढुंगाको उपचारका लागि निजी अस्पताल वा भारत धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । अस्पतालले हालै ईआरसीपी प्रविधिमार्फत पहिलो बिरामीको सफल उपचार गरेको हो। मोरङको डाइनिया घर भएका ५५ वर्षीय हमिर आलमको पित्तनलीमा रहेको ढुंगा यो प्रविधिबाट निकालिएको अस्पतालले जनाएको छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. भुवनेश्वर यादवका अनुसार ईआरसीपीमा मुखबाट इन्डोस्कोपीको माध्यमले सानो आन्द्रा (डिउडेनम) सम्म पुगेर पित्तनलीमा रहेको ढुंगा वा अन्य अवरोध हटाइन्छ । बिरामीलाई बेहोस बनाएर गरिने यो प्रक्रिया सामान्य इन्डोस्कोपीभन्दा केही जटिल र अत्याधुनिक रहेको उनले बताए । ‘मेसिनलाई सानो आन्द्रासम्म पुर्याएर त्यहाँबाट पित्तनलीमा प्रवेश गराई ढुंगा निकालिन्छ,’ डा. यादवले भने । परम्परागत उपचारमा पेट चिरेर शल्यक्रिया गर्नुपर्ने भएकाले बिरामीलाई अस्पतालमा लामो समय बस्नुपर्ने अवस्था हुन्थ्यो । ईआरसीपीबाट भने शल्यक्रिया नगरी उपचार गर्न सकिने भएकाले जटिलता, समय र खर्च कम हुने चिकित्सकको भनाइ छ । ‘जटिलता नदेखिए उपचारकै दिन बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ,’ डा. यादवले भने, ‘यसले बिरामीको समय र खर्च दुवै बचत गर्छ ।’ कोशी अस्पतालमा पहिलो पटक ईआरसीपी गरिएका आलममा पित्तनली र पित्तथैलीमा संक्रमण (कोलेन्जाइटिस) समेत देखिएको थियो । उपचारपछि चिकित्सकीय निगरानीमा एक दिन राखेर उनलाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ । नयाँ प्रविधिबाट प्रभावकारी उपचार पाएको भन्दै आलमले खुसी व्यक्त गरेका छन् । उनले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभारसमेत व्यक्त गरे । ईआरसीपी सेवा सञ्चालनमा डा. यादवको नेतृत्वमा सर्जन डा. रवि बस्ताकोटी, डा. रविनाथ सिंह, एनेस्थेसियाका चिकित्सक तथा डा. मोहन खड्कालगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ४ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ ८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्