गृहपृष्ठ ∕ प्रदेश १ ∕ बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग हेल्थ आवाज बिहिवार, २०८३ भदौ १८ गते, ११:१३ मा प्रकाशित विराटनगर—विराटनगरस्थित रानी आँखा अस्पतालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेको छ। १० भदौंमा आएको बाढीका कारण विस्थापित तथा समस्यामा परेका परिवारलाई लक्षित गर्दै अस्पतालले बुधबार १५० थान ब्ल्याङ्केट उपलब्ध गराएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. अभिषेक सुवालका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग गरिएको हो । ‘बाढी प्रभावित नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले १५० थान ब्ल्याङ्केट उपलब्ध गराएका हौं,’ उनले भने। रानी आँखा अस्पतालले प्राकृतिक विपत्तिका बेला यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ । अस्पतालले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार १ सय ५१ रुपैयाँ नगद सहयोग गरेको डा. सुवालले जानकारी दिए । विराटनगरमा रहेर आँखा उपचारका क्षेत्रमा सेवा प्रदान गर्दै आएको अस्पतालले स्वास्थ्य सेवासँगै विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता बढाउँदै लगेको जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ TFN ट्रेण्डिङ नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट