२०८३ भदौ १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग

बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग


विराटनगर—विराटनगरस्थित रानी आँखा अस्पतालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेको छ। १० भदौंमा आएको बाढीका कारण विस्थापित तथा समस्यामा परेका परिवारलाई लक्षित गर्दै अस्पतालले बुधबार १५० थान ब्ल्याङ्केट उपलब्ध गराएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. अभिषेक सुवालका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग गरिएको हो । ‘बाढी प्रभावित नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले १५० थान ब्ल्याङ्केट उपलब्ध गराएका हौं,’ उनले भने।

रानी आँखा अस्पतालले प्राकृतिक विपत्तिका बेला यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ । अस्पतालले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार १ सय ५१ रुपैयाँ नगद सहयोग गरेको डा. सुवालले जानकारी दिए ।

विराटनगरमा रहेर आँखा उपचारका क्षेत्रमा सेवा प्रदान गर्दै आएको अस्पतालले स्वास्थ्य सेवासँगै विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता बढाउँदै लगेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ