गृहपृष्ठ ∕ प्रदेश १ ∕ बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग हेल्थ आवाज बिहीबार, २०८३ भदौ १८ गते, ११:१३ मा प्रकाशित विराटनगर—विराटनगरस्थित रानी आँखा अस्पतालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेको छ। १० भदौंमा आएको बाढीका कारण विस्थापित तथा समस्यामा परेका परिवारलाई लक्षित गर्दै अस्पतालले बुधबार १५० थान ब्ल्याङ्केट उपलब्ध गराएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. अभिषेक सुवालका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग गरिएको हो । ‘बाढी प्रभावित नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले १५० थान ब्ल्याङ्केट उपलब्ध गराएका हौं,’ उनले भने। रानी आँखा अस्पतालले प्राकृतिक विपत्तिका बेला यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ । अस्पतालले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार १ सय ५१ रुपैयाँ नगद सहयोग गरेको डा. सुवालले जानकारी दिए । विराटनगरमा रहेर आँखा उपचारका क्षेत्रमा सेवा प्रदान गर्दै आएको अस्पतालले स्वास्थ्य सेवासँगै विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता बढाउँदै लगेको जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?