२०८३ मंसिर ४, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं

विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं


विराटनगर—सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल (SOL Nepal) को दशौँ राष्ट्रिय सम्मेलनको अवसरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा लाइभ ईएनटी (ENT) सर्जरी कार्यशाला सुरु भएको छ । शुक्रबार सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ नेपाल र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सहकार्यमा लाइभ ईएनटी सर्जरी कार्यशाला सुरु भएको हो ।

आयोजक समितिका सचिव डा.. राजीव साहकाअनुसार कार्यशाला विहान ९ बजे हस्पिटलको छैटौँ तलाको सेन्ट्रल अडिटोरियममा सुरु भएको छ । यसमा  Endohold (Justtach) को प्रयोगसहित एन्डोस्कोपिक कान शल्यक्रिया, एन्डोस्कोपिक कोब्लेसन एडेनोटन्सिलेक्टोमी र भ्ल्त् मा बोटक्सको प्रयोगको प्रत्यक्ष प्रदर्शन गरिनेछ ।

मुख्य सम्मेलन ५ र ६ मंसिरमा सुनसरीको इटहरीस्थित रामदा होटलमा हुनेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५ मंसिरमा शनिबार दिउँसो २ः३० बजे सम्मेलनको उद्घाटन गर्नेछन् ।

‘Advancing ENT Care: Innovation, Accessibility and Excellence’ भन्ने नाराका साथ हुने सम्मेलनमा २५० भन्दा बढी स्वदेशी र ८ जना विदेशी विशेषज्ञको सहभागिता रहने आयोजकले जनाएको छ । १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्, जसमा युवा चिकित्सक र रेजिडेन्टका लागि सीप अभिवृद्धिका कार्यशाला तथा पोस्टर प्रस्तुतीकरणका अवसर पनि रहनेछन् ।


क्याटेगोरी : अन्य, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ